झापा , असार २७ । उदयपुरको एक सामुदायिक वन क्षेत्रमा बोका निल्दै गरेको अवस्थामा लोपोन्मुख अजिंगर फेला परेको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा आइतबार करिब १२ केजीको बोका निल्दै गरेको अवस्थामा अजिंगर फेला परेको हो । वन क्षेत्रमा चर्दै गरेको बोकालाई अजिंगरले निल्दै गरेको अवश्थामा स्थानीय कृष्ण दाहालले देखेपछि ईलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिई बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए । २० किलोग्रामभन्दा बढी तौल भएको अजिंगर अहिले वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले बताए । अजिंगरलाई उसको प्राकृतिक बासस्थानमा लगेर छोडिने सहायक वन अधिकृत साहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्