झापा , असार २७ । मोरङको कानेपोखरी गाउँपालिका-६ का ३८ वर्षीय आकाश लिम्बूले आफ्नै श्रीमती र भाउजूमाथि आईतबार राति खुकुरी प्रहार गरेका छन्।

आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन् । खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार घरयासी विवादका क्रममा आकाशले श्रीमती रोजिनामाथि राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेको खुलेको छ । रोजिनामाथि प्रहार हुन थालेपछि छुट्याउन आएकी भाउजू मनमायालाई पनि आकाशले खुकुरीले हानेको कार्कीले बताए । घटनापछि आकाशलाई प्रहरीले पक्राउ गरेको छ । आकाशलाई ईलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाको अनुसन्धान थालिएको जानकारी उनले जानकारी दिए ।



