झापा , असार २८ ।झापामा फेरि कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार असार २० गतेदेखि २७ गतेसम्म १२ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट नेपाल आउनेहरु रहेका छन् । सोमबार १० जनाको पीसीआर र ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
झापाको मेची अस्पताल, काँकडभिट्टा र कोटिहोमको पीसीआर ल्यावमा कोरोना भाइरस संक्रमण जाँच भइरहेको छ । सीमा नाकामा एन्टिजेन र अन्य ठाउँमा पीसीआर गरिने घिमिरेले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङक अनुसार १८ वर्षमाथि ३ लाख ९३ हजार ६ सय ८३ जनाले बुस्टर डोज लगाइसकेका छन् भने १२ देखि १७ वर्ष उमेर समूहका १ लाख ८५ हजार ९ सय १८ जनाले बुस्टर डोज लगाएका छन् । जिल्लामा कोरोनाका कारण ६७२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्