झापा , असार २८ । हल्दीबारी २ मा रहेको पुरानो पारुखुपी बजारलाई पाराखोपी नामकरण गरिएको छ ।

हिजो हल्दीबारी २ नं वडा कार्यालयमा बसेको सर्वदलीय बैठकले ईतिहासको आधारमा पारोखोपी राख्ने सर्वसम्मत निर्यण गरेको हो । स्थानीय राजवंशी भाषामा ‘पारो’ को अर्थ परेवा र ‘खोपी’ को अर्थ गुँड भन्ने बुझिन्छ । परापूर्वकालमा हाल दुर्गा मन्दिर रहेको ठाउँको डाँडामा ठुलो संख्यामा परेवाहरु गुँड लगाएर बसेका कारण पारोखोपी रहन गएको भन्ने भनाई छ ।
वडाध्यक्ष सुकलाल राजवंशीको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्यहरु रचना कुलुङ, गणेश मगर, अम्बिका तोलाङ्गी, बिष्णुबहादुर राई, नेपाली कांग्रेसका प्रतिनिधि पर्शुराम बजगाई , माओवादीका खकेन राजवंशी , एमालेका रोमन प्रसाई , राप्रपाका कुमार भण्डारी क्षेत्री , स्थानीय बुद्धिजीवि नरेन्द्रकुमार काकीर्, समाजसेवी तथा राजनीतिकर्मी कृष्ण प्रसाई , बिधिलाल राजवंशी, भूमिलाल राजवंशी , छबिलाल राजवंशी , नरेन्द्रकुमार फागोलगायतको उपस्थिति रहेको थियो। त्यस ठाउँमा परेवाको आकृति भएको स्तम्भ निर्माण गरिएको छ ।