झापा , असार २८ । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि जेठमसान्तसम्म काँकडभिट्टा नाका भएर ४१ करोड ५३ लाख ५२ हजार ५ सय रुपैयाँ मुल्य बराबरको २ हजार ८ सय ६४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ ।

सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिएपछि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात भएको हो । सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । यता आयातको तुलना निर्यात भने ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ अर्थात १ हजार ८ सय ७२ मेट्रिक टनले बृद्घि भएको तथ्याङ्कले देखाएको छ । क्वारेनटिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा काँकडभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ अर्थात ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । आर्थिक वर्ष २०७६/०७७ मा ८३ करोड ३८ लाख ३८ हजार अर्थात ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो । प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको सो कार्यालयले जनाएको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुका अनुसार त्यो अवधिमा ८ करोड १३ लाख ८ हजार रुपैयाँ मुल्य बराबरको ९ सय ९२ मेट्रिक टनले मुसुरो दाल आयात भएको जनाए । नेपालले अष्ट्रेलिया र भारतबाट मुसुरो दाल आयात गर्दछ भने बङ्गलादेश निर्यात हुने सरकारी तथ्याङ्क छ । भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल र बासमती चामललगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको उनले जनाए । व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ । तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकडभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यापार तीनवर्षसम्म खासै सन्तोषजनक नभएको उनको भनाइ छ । दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ । नेपालमा उत्पादित मुसुरो विशेषगरी बङगलादेश मात्रै निर्यात हुने गरेको छ । बङ्गलादेश निकासी गर्दा त्यहाँ कुनै पनि प्रकारको महशुल बुझाउनु नपर्ने ,निर्यात विना झण्डझट सहजरुपमा गर्न सकिने वातावरण हुदाँहुदैं नेपालले बङगलादेशको माग अनुसार मुसुरो दाल निर्यात गर्न नसकेको व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार नेपालमा उत्पादित दालमध्ये २० प्रतिशतमात्रै नेपालको आन्तरिक बजारमा खपत र वाँकी सवै निर्यात हुने गरेको छ । दाल निर्यातले नेपालको बजारलाई नकरात्मक असर पारेको भन्दैं नेपाल सरकारले नेपालमा प्रयोग हुने सात प्रकारका दालको निकासीमा केहि बर्षअघि परिणात्मक प्रतिबन्ध लगाएको थियो । छिमेकी मुलुकहरु बङगलादेश र श्रीलङ्काले नेपालसंग दाल निर्यात खुला गरिदिन आग्रह गरे लगत्तै केहि महिनामै नेपालले नेपालको बजारलाई नकरात्मक असर नपर्ने गरी मुसुरो दाल निकासीको अनुमति दिने प्रक्रिया सुरु गरेको थियो । नेपाली व्यवसायीहरुले पनि मिलमा मुसुरोको दाल थुप्रिएको भन्दैं प्रतिबन्ध खुल्ला गर्न सरकारमाथि निरन्तर दबाब दिदै आएका थिए । छिमेकी राष्ट्र र स्वदेशी व्यवसायीको आग्रहलाई मध्यनजर गदैंँ सरकारले प्रतिबन्ध खुला गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्