झापा , असार २८ । झापाको मेचिनगर नगरपालिका-६ बाट अवैधरुपमा भारततर्फ लादै गरेको सुपारी प्रहरीले बरामद गरेको छ ।

सोमवार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारततर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजि १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो । बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्