अर्जुनधारा, असार २८ । किरात मुन्धुम अध्ययन केन्द्र झापाको जिल्ला कार्यसमिति गठन भएको छ ।

अर्जुनधारा ९ रबर बगानमा भएको बृहत किरातीहरुको भेलाले जिल्ला कार्यसमिति गठन गरेको हो ।लोप हुँदै गएको प्राचीन किरात राई जातिको धर्म संस्कृतिलाई समेटेर तीन चुलालाई मिलाउँदै बनिएको मुन्धुमलाई जीवन्त राख्दै बाहिर ल्याउने उद्देश्यले जिल्ला कार्यसमिति गठन भएको सहभागीले जनाएका छन् ।

जिल्ला समितिको अध्यक्षमा रमेशकुमार राई, उपाध्यक्ष हरिबहादुर राई, सचिव सुरेन्द्र राई, सहसचिव मीना राई, कोषाध्यक्ष सन्तोष चाम्लिङ राई रहेका छन् भने सदस्यहरुमा कविता राई, रामजीत राई, सिर्जना राई, पूर्ण वान्तवा राई, कमला थुलङ राई, दिलमाया राई, विनोदकुमार राई र नरमाया लिम्बू राई चयन भएका छन् ।

प्रमुख अतिथि केन्द्रीय सदस्य बसन्त दुमी राईले उद्घाटन गरेको कार्यक्रममा विशिष्ट अतिथि प्रेमकुमार दुमी राई र माङ्पा संघका सहसंयोजक ढकबहादुर साकुना सोहनुवा वान्तवा राईले मुन्धुमका विषयमा प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रमेश राईले स्वागत गरेको कार्यक्रम किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष नीरबहादुर राईको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा गर्जमान राई, चित्रबहादुर राई, गंगाधर राई, दिपक राई, कुमार राई, भिम राई, अर्चना राई विष्णु राई, आनन्द राई, माङ्पाकुमार राई र देवकुमार राईलगायतको आतिथ्य रहेको आयोजक रमेश राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्