कुमरखोद ,असार २८ । झापा गाउँपालिका वडा १ लसुनाका एक व्यक्ति आफ्नै भाउजु र छिमेकीको छोरालाई धारिलो हतियारले घाईते बनाएर फरार भएका छन् ।

फरार हुनेमा झापा गाउँपालिका वडा १ बस्ने अन्दाजी वर्षिय ३५ का दुखिया राजवंशी रहेका छन् । घरमा कोहि नभएको मौका छोपी मार्ने उद्धेश्यले दुखियाले आफ्नै जेठो दाजु सागर राजवंशीकी श्रीमती सिमासरी राजवशीलाई धारिलो हतियारले हानेर शरीरको विभिन्न भागमा काटी सख्त घाईते बनाएका हुन् । घाईतेको श्रीमान् रोजगारको सिलसिलामा अहिले कतारमा छन् । त्यसैगरी उनले आफ्नै छिमेकी मोहन राजवंशीका ९ वर्षिय छोरा धनन्जय राजवंशीलाई टाउकोमा धारिलो हतियारले प्रहार गरी घाईते बनाएका छन् । अहिले दुवै जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय कुमार गणेशले बताएका छन् । गणेशका अनुसार घाईते सिमासरी राजवंशीको विर्तासिटी अस्पताल र घाईते वालक धनन्जय राजवंशीको विर्तामोडको विएण्डसी अस्पतालमा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदका सई रत्नबहादुर श्रेष्ठले गाउँलेहरुले विहान ८. १०बजे घटनाबारे जानकारी गराएको बताउँदै जानकारी पाउनसाथ घटनास्थल पुगेर घाईतेहरुलाई उपचारका लागि अस्पताल पठाएको र घटनामा संलग्न व्यक्तिको खोजी कार्यलाई तिव्रता दिएको जनाए ।

छिमेकीको भनाई अनुसार दुखिया राजवंशीले पुरै गाउँलेलाई नै त्रसित बनाएका छन् । जसलाई पनि काट्ने र मार्ने धम्की मात्रै दिन्छन् । आफ्नी भाउजुसँग पटक पटक झगडा भईरहने र भाउजुलाई मारेर जेलजाने भनि धम्की समेत दिएका थिए । भाउजुसँगको झगडाको विषयमा १ महिनाअघि दुखिया राजवंशी पक्राउ परेका थिए । केहि दिनअगावै मात्रै उनी छुटेका थिए । दुिखयाले गत वर्ष नै विहे गरेका थिए । विहे भएता पनि सँधैं झगडा भईरहने कारण उनकी श्रीमती माईतमा वस्दै आएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्