झापा, असार २९ । झापाको मेचीनगर नगरपालिका-६ बाट अवैधरुपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

हिजो जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पकवान तेल ४२ काटुन र झ्याल ढोकामा प्रयोग हुने ह्यन्डिल ४८ थानसहित अन्दाजी १ लाख ६१ हजार मुल्य बरावरको सामान बरामद गरेको हो । बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको छ ।