झापा, असार २९ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ बाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति साढे ९ बजे पथरीशनिश्चरे-१ का ३६ बर्षीय बिरबहादुर थपाले घरमा ब्राउनसुगर बिक्रि गरिरहेको भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका थापाको ईलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्