झापा, असार २९ । सुनसरीको रामधुनी नगरपालिका-२ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

हिजो राति सवा १० बजे प्रदेश १-०२-०४२ प ३७१३ नम्वरको मोटरसाईलले बाटो काट्दै गरेको अवस्थामा स्थानिय ६० बर्षीया रुकमी सरदारलाई ठक्कर दिदा घाईते भएकि सरदारको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक रामधुनी-९ सुनसरीका अमन चौधरीलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्