झापा , असार २९ । विराटनगर महानगरपालिका-१३ स्थित हिमालय आँखा अस्पतालको उत्तर साइडमा रहेको एउटा घरभित्र मंगलबार दिउँसो सडेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो । मृतकको पहिचान खुलेको छैन। शव भेटिएको घरमा अरु कोही पनि नरहेको प्रहरीले जनाएको छ । किरा परेको र सडेर दुर्गन्धित भएको अवस्थामा दिउँसो १२ बजेर ४० मिनेटतिर शव फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार सडेर नचिनिने अवस्थामा शव भेटिएको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्