झापा , असार २९ । झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।

यही असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबायल -२९ थान, घडी २ थान र नगद रु ६१,५०० गरी जम्मा रु ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न व्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्