भद्रपुर, असार २९ । झापा जिल्ला जुडो तथा आर्चरी खेलसित आबद्ध खेलाडीहरूले गुरू पूर्णिमाको अवसर पारेर गुरूको सम्मान गर्दै खेल प्रदर्शन गरेका छन् ।

जुडो संघको कभर्डहलमा आयोजित कार्यक्रममा जुडो खेलका संस्थापक जिगोरो कानोको तस्वीरमा माल्यार्पण गर्दै खेलाडीहरूले खेल प्रदर्शन गरेका हुन् ।
जुडो खेलका अन्तर्राष्ट्रिय खेलाडी आशिक लिम्बू तथा आर्चरी (धनुष वाण) खेलकी खेलाडी योगिता काम्वाङको नेतृत्वमा खेल प्रदर्शन गरिएको थियो ।
जुडो संघ झापाका अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राईको अध्यक्षता तथा प्रमुख प्रशिक्षक गंगा खड्काको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम समेत सम्पन्न गरिएको छ । जुडो खेलका प्रमुख प्रशिक्षक गंगा खड्काको अध्यक्षता तथा कमल गाउँपालिकाकी उपाध्यक्ष तथा पूर्व खेलाडी प्रमिला न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न खेलाडीद्वारा उत्कृष्ट खेल प्रदर्शन, ओलम्पिक कमिटीबाट प्राप्त प्रमाणपत्र हस्तान्तरणलगायतका कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्