झापा , असार ३० । सुनसरीमा जीपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

बराहक्षेत्र नगरपालिका–३ भरौलीमा गएराति जीपले साइकललाई ठक्कर दिँदा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को १ च ७७९१ नम्बरको जीपले धामी चढेको साइकललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका धामीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने जीपका चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्