झापा , असार ३० । विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ ।

महानगरको वडा नम्बर-२ मा रहेको ईश्वर बाँस्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो । आगलागीमा रेस्टुरेन्ट पूणर् रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगलागी भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको क्षतिबारे विवरण आउन बाँकी रहेको छ । होटलको ग्यास सिलिन्डरको पाइप लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्