झापा , असार ३१ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा दमक ८घर भई हाल मोरङ उर्लाबारी ५ बस्ने ४६ वर्षिय जीवनाथ भन्ने जीवननाथ कोइराला रहेका छन् । झापा जिल्ला अदालतको २०६९असोज २२ गतेको पैसला बमोजिम बहुविवाह मुद्धामा उनलाई १ बर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।
फरार रहेका कोइरालालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।