झापा, असार ३१ । मोरङको सुनवर्षी नगरपालिका-८ नेपाल चौक छेउबाट लागूऔषधसहित दुईजना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका- ५ का २१ बर्षीय विष्णु रिषिदेव र २० बर्षीय अभिषेक रिषिदेव रहेका छन् । हिजो राति साढे ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार रहेका उनिहरुलाई लागूऔषध नाइट्राजेपाम-१०-१५ ट्याब्लेट र ट्रामाडोल नामक नियन्त्रित औषधी १५० क्याप्सुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्