झापा, असार ३१ । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्नका लागि विराटनगरमा समाजसेवी एवंम नेपाली कांग्रेस नेता राजेश गुप्ताले आर्थिक सहयोग गर्न अभियान सञ्चालन गरेका छन् ।

उनले प्रदेश १ को राजधानी विराटनगरबाट आर्थिक सहयोग गर्न अभियान सञ्चालन गरेका हुन् । कांग्रेसको प्रदेश १ का कोषाध्यक्षसमेत रहेका गुप्ताले श्रीलंकालाई सहयोग गर्न विराटनगरबाट अभियान सुरु गरेका हुन्। उनले नेपाल सरकारलाई आर्थिक सहयोग गर्न आग्रह पनि गरेका छन्। विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले भने-’ संकटको बेला सहयोग गर्ने पहचान नै नेपाली हो।’ हाम्रो अवस्था जे भएपनि सहयोग गर्ने बानी नै हाम्रो हो।’ खाता खोलेर आफूले ५१ हजार जम्मा गरेर अभियान सुरु गरेको जानकारी दिए । अन्य साथीहरुसँग छलफल गरेर देशव्यापी आर्थिक सहयोगको लागि अभियान गर्ने तयारीमा रहेको उनको भनाइ छ । उनले श्रीलंकाका जनतालाई मानवीयताका नाताले नेपाल सरकारले नै सहयोग अभियान थाल्नुपर्ने बताए ।