झापा , असार ३१ । बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नं.६ का ४७ वर्षिय टेकनाथ ढुङ्गाना रहेका छन् । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्धामा उनलाई १ महिना कैद र २८ लाख२२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्