पथरीशनिश्चरे, असार ३२ । विभिन्न मितिमा मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्रबाट चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका वडा नं.–४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा सोहि वडामा रहेको नोवेल अस्पताल कम्पाउण्डभित्र पार्किङ गरी राखेको ३ वटा मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

विराटनगर महानगरपालिका वडा नं.–४ बस्ने २२ वर्षका नवीन माझी, सुनसरी दुहवी वडा नं.–९ बस्ने १८ वर्षका मोहमद सलाउदिन, सोहि ठाँउ बस्ने ३४वर्षका मोहमद नसुरदिन र विराटनगर महानगरपालिका वडा नं.–८ बस्ने २५वर्षका मोहमद हजरतलाई चोरीका मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाईकल, प्र १ –०१०–१३ प ४५०७ नम्बर १५० सिसिको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने ४ जनालाई मोरङको जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्