झापा , श्रावण १ । उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागूऔषध ट्याब्लेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राति पौने ८ बजेको समयमा तिनजनालाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका-२ का २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ । लागूऔषधसहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्