झापा , साउन १ । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निणर्य गरेको हो । जसअनुसार कुरकुरे , कुरमुरे , लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयको सूचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी , जीप , कार , भ्यान , १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन् । मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । पछिल्लो निणर्यसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो । यसअघि प्रतिवन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सिसि सम्मको भने आयातमा खुल्ला गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्