झापा , साउन १ । झापामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ ।

जिल्लामा आइतबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको होे । त्यसमध्ये १३ अन्य देशका रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ३०७ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड, बुद्धशान्ति , मेचीनगर र भद्रपुरमा १–१ जनामा कोरोना पुष्टि भएको छ । झापामा गत असार २० गतेदेखि कोरोना संक्रमण देखिन थालेको हो । असार २० गतेदेखि साउन १ गतेसम्म ५२ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

असार २० गते २ जना , २२ गते एकजना , २३ गते २ जना , २४ गते ३ जना , २६ गते २ जना , २७ गते एकजना ,२८ गते ५ जना , २९ गते ५ जना , ३० गते १६ जना , ३१ गते १५ जना र साउन १ गते १७ जनामा संक्रमण देखिएको हो । बाहिरबाट आउने मानिसमा संक्रमण देखिएको र त्योसंगै स्थानीयमा पनि संक्रमण देखिन थालिसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले बताए ।

यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि बुधबार अस्पताल भर्ना भएकी सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने ५७ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डा. कृष्णा पोखरेलका अनुसार पहिलेदेखि नै दीर्घरोगी रहेको र कोरोना विरुद्धको दोस्रो डोज खोप पनि लगाइसकेकी ती महिलाको शनिबार बेलुकी साढे ५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्