झापा , साउन २ । सुनसरीको रामधुनी २ तित्रीबन चौकमा पूर्व पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बरकुमार दर्जी रहेका छन् । हिजो पुर्वाञ्ह साढे ४ बजे पूर्र्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.नं. १- ०१-००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसाबाट आउँदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा हिजै पौने ५ बजे मृत्यु भएको थियो । पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्