झापा , साउन २ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सोमबार बिहानै आगलागी भएको छ ।

मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा शेर्पाको घर-मतान जलेर ध्वस्त भएको छ । सोमबार बिहान करिव ३ बजेतिर शेर्पाको घरमा आगलागी भएको हो । आगलागीबाट घर र मतानभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन लगायतका सम्पूणर् सामग्री जलेर नष्ट भएको अग्निपीडित दावा शेर्पाले बताए । शेर्पाकाअनुसार आगलागी सुरु भएको चाँडै थाहा पाएका कारण मानवीय क्षति हुन पाएन । उनी हाल कामको सिलसिलामा काठमाडौंमा रहेको भने घरमा बाबु, आमा र एकजना भाइ रहेको बताए । विद्युत सर्ट भएर घरमा आगलागी भएको अनुमान गरिएको छ । यता क्षतिको विवरण सङ्कलन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्