झापा , साउन २ । साउन महिनाको पहिलो सोमबार । साउनको सोमबार भगवान् शिवको विशेष पूजा-आराधना गर्ने परम्परा छ ।

नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिनको उनको आराधना गरिन्छ । पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ । यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूणर् हुन्छ भन्ने विश्वास गरिन्छ । यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्