झापा,साउन २ । बोलेरो गाडीको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घाइते मोटरसाइकल चालक बिर्तामोड नगरपालिका– १ निवासी २० वर्षीय सबिन विष्टको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

गत असार २९ गते मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका– १ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक विष्ट र सोही मोटरसाइकल पछाडि सवार अर्जुनधारा नगरपालिका– ११ निवासी २० वर्षीय सन्दीप राजवंशी घाइते भएका थिए । घाइते राजवंशीको बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीले बोलेरो गाडी र चालक इलाम नगरपालिका– ५ निवासी ३२ वर्षीय सूर्य अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्