झापा , साउन ३ । झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका-५ का पुणर्बहादुर लिम्बूको २ बर्षीय छोरा ईन्सान लिम्बूको सोमबार दिउँसो घर छेउमा खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनिमा अचानक डुबेर पैनीले बगाएर लादै गरेको स्थानीयलेदेखि तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी. अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्