झापा , साउन ३ । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बाट प्रतिबन्धीत लागूऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ३४ बर्षीय बिनेश राई रहेका छन् । लागूऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा फत्तेपुरतर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्