झापा , साउन ३ । नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किँदैछ ।

स्कटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गतका खेल खेलिसकेर स्वदेश फर्किन लागेको हो । स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो । चार खेलमा नेपालले एउटा मात्रै जित हात पार्न सक्यो । पहिलो खेल नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गर्‍यो । तेस्रो खेलमा नमिबिया र अन्तिम खेलमा स्कटल्याण्डसँग हार्‍यो । सात टोली सहभागी विश्वकप लिग-२ समूह चरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौँ स्थानमा छ । नेपालले ८ मा जित, ११ मा हार र १ खेलमा बराबरी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्