झापा , साउन ३ । गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’ले देश तथा विदेशमा प्रशंसा मात्रै पाएन बक्स अफिस कलेक्सन दुबै राम्रो गर्यो ।

यही चलचित्रबाट अल्लू अर्जुन, रश्मिका मन्दाना र सामान्था रुथ प्रभुले उत्तर भारतमा पपुलारिटी कमाए । अब चाँडै नै ‘पुष्पा-२’ आउँदै छ । खबरका अनुसार दोस्रो भागका लागि चलचित्रमा अभिनेता र निर्देशक सुकुमार दुबैले आफ्नो पारिश्रमिक बढाएका छन् । अभिनेताले सिक्वेलका लागि पहिलाभन्दा दोब्बरले पारिश्रमिक बढाएर भारु ८५ करोडको डिमाण्ड गरेका छन् । यदि अल्लूले उनले भने अनुसारको पारिश्रमिक पाएमा तेलुगु फिल्म इन्डष्ट्रिमा यो नयाँ रेकर्ड हुनेछ । यसको पहिलो भागमा उनले भारु ४५ करोड पारिश्रमिक लिएका थिए । र, फिल्मको प्रोफिटबाट पनि आफ्नो हिस्सा पाएका थिए । त्यस्तै पुष्पाः द राइजका निर्देशक सुकुमारले यसका लागि भारु १८ करोड पारिश्रमिक बुझेका थिए भने सिक्वेलका लागि भारु ४० करोड चार्ज गर्ने भएका छन् । चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी भाषामा मात्रै भारु १०० करोड र वर्लडवाइड भारु ३०० करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्