कुमरखोद , साउन ४ ।आज बिहान झापा गाउँपालिका वडा नं ५ सिमलडाँगीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।

बिहान ४.२० बजे झापा गाउँपालिका ५ सिमलडाँगी बस्ने अवदुल कोरिम अलीको घरमा विद्युत सर्ट भई आगलागी शुरु भएको हो ।

आगलागीबाट अबदुल कोरिम अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख,
अब्दुल जुलास अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख,अमोर अली टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी २ लाख ५० हजार , अनाबर अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख ५० हजार , ईस्माइल अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ४ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षकको कमाण्ड र प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगई स्थानीय समेतको सहयोगमा आगो बिहान ५.३० बजे पूर्णरुपमा निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्