झापा , साउन ४ । मोरङको उर्लाबारी नगरपालिका-२ बाट निषेधित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी-२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्याब्लेटसहित पक्राउ गरेको हो । निषेधित औषधीसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।