झापा, साउन ४ । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा ३ बजे प्रदेश १-२-००३ ह ५३८ नम्वरको सिटी सफारीले बाटो काट्दै गरेकी स्थानीय आनन राईकी ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिँदा घाईते भएकी राईको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मनबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई दुर्घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्