झापा, साउन ४ । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।

आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो । शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गरेका थिए । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो । अहिले बनाइएको मुकुट पञ्चधातुबाट बनाइएको छ । अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्