पथरी ,साउन ४ । विराटनगर महानगरपालिकामा युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ट्राफिक चोकमा रहेको ठुल्दाइ होटलमा कोठा लिई बसेका ८ जनालाई युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा साउन १ गते पक्राउ परेका उनीहरुको साथबाट युरेनियम जस्तो देखिने १ केजी ८७.३ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अधिकांशहरु मोरङका विभिन्न पालिकामा बस्ने पाईएको छ। जसमा धनपालथान गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ४१ का शिवशंकर पासवान, वर्ष ४४ का लक्ष्मण शर्मा तथा वर्ष ४३ का प्रदिप पुरी , सोहि गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ३७ का मुकेशकुमार साह , कटहरी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४० का दिलिपकुमार शर्मा , विराटनगर महानगरपलिका – १२ का वर्ष ४६ का फटिककुमार कार्की , सोलुखुम्बु माग्पे गाउँपालिका – ७ का वर्ष ३५ का गोपाल मगर , खोटाङको हलेसी नगरपालिका– ९ का वर्ष ३२ का किरन राई रहेका छन्।

यसैगरी, मंगलबार १२ः३० बजे विराटनगर महानगर – ३ ,दुधफारमबाट विशेष सूचनाको आधारमा ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्नहरू गोरखाको गण्डकी गाउँपालिका– ८ बस्ने वर्ष ४५ का जीवन गुरुङ , महोत्तरी मङ्हा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४२ का अब्दुल गनी खान , महोत्तरी बर्दिबास नगरपालिका –१२ का वर्ष ३० का चन्दनकुमार महतो , ग्रामथान गाउँपालिका– ३ बस्ने वर्ष ५५ का रबिन्द्र गच्छेदार , बागमती गाउँपालिका–५ का वर्ष ३६ का दिपकबहादुर भ्लोन, मनराषिशवा नपा–३ बस्ने वर्ष ४९ का उमेशप्रसाद यादव तथा सिन्धुलीे कमलामाई नपा– ५ बस्ने वर्ष २८ का श्याम घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्