बिर्तामोड , साउन ५ । एक्सेल डेभलपमेन्ट बैंकले आज बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा बैंकका ३५ जना स्टाफसहित ५३ जनाले रगत दान गरेका छन् । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मुक्तिचोकस्थित दुर्गा मन्दिरमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

विश्वसनीय रुपमा वित्तीय कारोबार गर्दै आएको सो बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्