कुमरखोद ,साउन ५ । झापा बजारका व्यापारीहरुले मोटरसाईकल दुर्घटनामा परी उपचार गराईरहेका घाइतेका परिवारलाई ६२ हजार ४ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

झापा गाउँपालिका वडा नं २ बस्ने सचिदानन्द मण्डल गत असार २८ गते मंगलबारका दिन सुरुङ्गाबाट घर फर्किरहेका बेला कन्काई नगरपालिका ३ तुलसीबारीमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए । मोटरसाईकल दुर्घटना हुँदा दुई स्थानीय र चालकसमेत गरी तीनजना घाईते भएका थिए । चालकको टाउकोमा गहिरो चोट लागेको थियो भने अर्का एकजनाको खुट्टा भाँचिएकोले दुवैजनाको अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भईरहेको परिवारजनले बताएका छन् । त्यसैगरी अर्का व्यक्तिलाई सामान्य चोट लागेकोले स्थानीय अस्पतालमा उपचार गराई घर फर्किसकेका छन् ।

झापा बजारमा स्थायी बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका मण्डल परिवारले उपचारका लागि आर्थिक सहयोग मागेका थिए । त्यसका लागि दिलिपसिंह राजपुतको नेतृत्वमा १२ जनाको आर्थिक सकलन समिति बनेको थियो । समितिले व्यापारी र स्थानीय व्यक्तिहरुसँग सहयोग संकलन गरेको थियो ।समितिमा बरतलाल राजवंशी , शंकर शाह , विकास अग्रवाल , चन्द्रदेव यादव , अर्जुन भट्टराई , केशव आमात , विवाहकुमारी स्वर्णकार , कृष्णप्रसाद केवरत , गिरधारी सिंह , राजकुमार महतो र मनोज खत्री रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्