झापा , साउन ६ । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको टेलरको ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका-७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार कार्कीले जानकारी दिए । विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको टेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई घाइते भई उपचारको क्रममा विराट मेडिकल कलेजमा दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्