बिर्तामोड , साउन ६ । लायन्स क्लब अफ बिर्तामोडले बन्दी सहायता नेपालद्वारा संचालित जुनकीरी प्रा.वि. र मनमाया आमा बालगृहमा खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको छ ।

लायन्स क्लबको बार्षिक कार्यक्रमअन्तर्गत सदस्यहरुको जन्मदिनमा सामाजिक संघ संस्थालाई सहयोग गर्ने कार्यक्रम रहेको छ । जस अनुसार पूर्व अध्यक्ष निरजकुमार ओलीले आफ्नो जन्मदिनमा कैदीबन्दीका बालबालिकाहरुसगै केक काटेर खाद्यान्न तथा स्टेशनरी प्रदान गरेका छन् । फजुल खर्च गर्नुभन्दा असहाय बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गरेर जन्मदिन मनाउनु उचित भएको बताए । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष मनोज बानियाको अध्यक्षता तथा प्रमुख अतिथि पूर्व अध्यक्ष समाजसेवी निरजकुमार ओली रहेको कार्यक्रममा विशेष अतिथि प्रधानाध्यापक रन्जित परियार , क्लबका पूर्व अध्यक्ष राजकुमार शाह , सहकोषाध्यक्ष राजकुमार गुप्ता, टहलदास ओली , गोबिन्द दुलाल, निरा उप्रेती पत्रकार रन्जित प्रसाईलगायतले सराहनीय कार्यको धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव मनोज रौनियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्