झापा, साउन ६ । झापाको मेचीनगर-६ र मोरङको पथरी शनिश्चरे-२ बाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शिवसतासी-९ झापाका ३६ बर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउनसुगर बरामद गरेको हो भने मोरङको ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-२ का २७ बर्षीय अजय राईको साथबाट २०० मिली ग्राम ब्राउनसुगर बरामद भए संगै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्