बिर्तामोड, साउन ६ । ४० औं विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बिर्तामोड नगर समितिले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड ३ बिर्ताबजारस्थित दुर्गा मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा २३ महिलासहित ८३ जनाले रगत दान गरेको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

नेपाली कांग्रेस बिर्तामोड नगर समितिका कार्यबाहक सभापति सूर्यप्रसाद कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा पूर्व सांसद डिल्ली सिटौला रहेका थिए । कार्यक्रममा प्रदेश सदस्य मीरा खड्का, क्षेत्र नं २ का सभापति खगेन्द्र मैनाली , नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री उमा शिवाकोटीलगायतले मन्तव्य राखेका थिए । प्रदेश नं २‘क’का सभापति लक्ष्मी आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिव दिवाकर प्रसाईले गरेका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य मीरा खड्का , क्षेत्रीय सभापति खगेन्द्र मैनाली , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,प्रदेश‘क’ का उपसभापति मन्जु ओली ,सहसचिव सुवोध ढकाल , देवी क्याम्पसका प्रकाश दाहाल ,एमबीएस कोअर्डिनेटर कैलाश पोखरेल, नगर सहसचिव दिनेश पराजुली, नगर सदस्य मिजास पोखरेललगायतले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा देवी क्याम्पसका २८ जना विद्यार्थी रहेको नगर सहसचिव पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्