झापा ,साउन ६ । झापाको कमल गाउँपालिका वडा नं.६ गुवाबारीस्थित भित्री सडकखण्डमा सिटी रिक्सासंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका ७ दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह २४२३ नं.को सिटी रिक्सा र विपरित दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कमल .६ बस्ने २४ वर्षिय रोशन कोईरालाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर घाइते भई बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सोही मोटरसाइकल पछाडी सवार कमल ४ बस्ने १९ वर्षिय रेवत सुवेदीको न्युरो अस्पताल बिराटनगर,कमल ७ बस्ने २१ वर्षिय भविन मगरको बिएण्डसीअस्पताल र सिटि रिक्सामा सवार कमल ५ बस्ने ६५वर्षिया सुकमाया माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ । दुवै सवारी साधन र सिटी रिक्सा चालक कमल.६ बस्ने ५२ वर्षिय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको साथै उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्