झापा , साउन ६ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.९ बस्ने ३४ वर्षिय अम्बरबहादुर पौडेल रहेका छन् । झापा जिल्ला अदालतको २०७६ मंसिर १९ गतेको फैसला बमोजिम बहु–विवाह मुद्धामा उनलाई १ बर्ष ६ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । उनलाई शुक्रबार झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्