झापा , साउन ७ ।प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना मेची पुलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका वडा नं.४ बस्ने ३२ वर्षिय सनम श्रेष्ठ र सोही ठाउँका २५ वर्षिय सन्दिप कुमाल रहेका छन् ।
शनिबार दिउँसो १.४५ बजे मेचीनगर .६ पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र कुमाललाई शंका लागेर चेकजाँच गर्दा कुमालको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इप्रका.काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।