झापा, साउन ८ । झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकि पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो भने ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । यसैगरी राति साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडक खण्डमा प्रदेश १-०२-०४७ प ७९४ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ बर्षीय कृष्ण चौधरीको बिराटनगर स्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्