झापा, साउन ८ । ताप्लेजुङको फुङलिङ नगरपालिका-९ हाङदेवास्थित गाइगुडेका बलबहादुर साँवा लिम्बूले कुटपिट गर्दा श्रीमती कान्छीमाया लिम्बूको मृत्यु भएको छ ।

घरायसी विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुरले कुटपिट गर्दा ५४ वर्षीया कान्छीमायाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कुटपिटको क्रममा घटनास्थलमै उनको मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । बलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्