बिर्तामोड, साउन ८ । विगत १६ वर्षदेखि विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि परामर्श सेवा प्रदान गर्दै आएको देशकै ठूलो र बिश्वासिलो मध्येको एक ग्रेस इन्टरनेशनलले आफ्नो शाखा कार्यालय बिर्तामोडमा स्थापना गरेको छ ।

हनुमान सेन्ट्रलको चौथो तलामा कार्यालय स्थापना गरी ग्रेसले साउन ९ गते सोमबारबाट औपचारिक रुपमा आफ्नो सेवा सुरु गर्ने जनाएको छ ।

अष्ट्रेलिया, क्यानडा, यूके, न्यूजिल्याण्ड, अमेरिकालगायतका देशमा विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि पठाउँदै आएको ग्रेसले झापा, इलामलगायतका जिल्लाका विद्यार्थीलाई काठमाण्डौ जान नपर्नेगरी सेवा प्रदान गर्न बिर्तामोडमा शाखा सञ्चालन गरेको संस्थाका म्यानेजर पर्वत धितालले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

अष्ट्रेलियाका अधिकांश युनिभर्सिटी, हाइयर कलेजलगायतको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने भएकोले ग्रेसमा विद्यार्थीले धेरैभन्दा धेरै विकल्प पाउन सक्ने अध्यक्ष दिपेन्द्र राउतले बताए । विद्यार्थीको चाहना, क्षमता र आर्थिक तथा पारिवारिक अवस्थाका आधारमा विद्यार्थीलाई उनीहरुले चाहेकै अप्सन दिन सक्ने भएकाले पनि ग्रेस विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको राउतको भनाई छ । विद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा युनिभर्सिटी र चाहेकै कोर्स तथा विषयमा पढाउन सक्ने भएकाले भोलिका दिनमा झापा, इलामलगायतका क्षेत्रका विद्यार्थीको पहिलो रोजाइ ग्रेस बन्ने ब्रान्च म्यानेजर धितालले बिश्वास व्यक्त गरे ।

नेपालमा १० वटा शाखा, अष्ट्रेलियाका सातवटै इस्टेटमा सातवटालगायत भारतको दिल्ली, पाकिस्तानलगायतका ठाउँबाट विद्यार्थीहरुलाई ग्रेसले सेवा दिंँदै आएको जनाइएको छ । नेपालबाट मात्रै ३० हजारभन्दा वढी विद्यार्थीहरुलाई सेवा प्रदान गरिसकेको ग्रेसले विद्यार्थीलाई करियर काउन्सिलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेसनलगायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको धितालले बताए ।

नेपालको दशौ शाखा बिर्तामोडमा खोलेको ग्रेसले काठमाण्डौको पुतलीसडक, बानेश्वर, चितवनको नारायणघाट, टाँडी, बुटवल, नेपालगञ्ज, हेटौंडा, विराटनगर, दमकलगायतका स्थानबाट आफ्नो सेवा दिंँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्