बिर्तामोड , साउन ८ । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ ।

नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको हो ।

सामग्री पाउनेहरुमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैशाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर १ जना र बेल्ट १ जना गरि जम्मा ३० जना रहेका छन् । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यमुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामग्री हस्तान्तरण गरे ।

स्थानीय अपाङ्गता भएका व्यक्तिको अधिकार समन्वय समितिका संयोजक नगर उपप्रमुख संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्